सर्वोच्चको पत्र लिएर प्राधिकरण पुगेका महानिर्देशक क्षेत्री हाजिर नगरी फर्किए

काठमाण्डु – सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पुगेका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरी फर्किएका छन् । बबरमहलस्थित प्राधिकरण मुख्यालयमा कार्यालय समयमा पुगेका क्षेत्रीले हाजिर नगरी फर्किएको प्राधिकरणले जनाएको छ । 'उहाँ (महानिर्देशक क्षेत्री) आउनुभयो चिया खाएर जानुभो', प्राधिकरणका एक उच्च अधिकारीले भने । सर्वोच्च अदालतले उमेर हदका कारण अवकाश लिएका…