पश्चिमी वायुको प्रभाव : शनिबारसम्म हिमपात र वर्षाकाे सम्भावना

काठमाण्डु - नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । दिउँसो देशभर बदली हुने जल तथा माैसम पूर्वाुनमान महाशाखाले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन-चटयाङ सहितहल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा पनि हल्का वर्षा हुनेछ ।…