काठमाण्डु – प्रहरीले काठमाण्डुको बौद्धस्थित एक रेष्टुरेण्टमा अनलाइन जुवा खेल्ने ७४ जनालाई पक्राउ गरेको छ । दोलखा स्थायी घर भइ बानेश्वर बस्ने ३० वर्षीय सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा ६६ जना पुरुष र ८ जना महिलालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ । उनीहरुको साथबाट ६ लाख १९ हजार…