काठमाण्डु - पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट विजयी भई मुख्यमन्त्री सम्हालेका शाहीका प्रमुख स्वकीय सचिव आचार्यलाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली कालिकोट पुगेका छन् । कालिकोटको म्यान्ममा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममार्फत ओलीले माओवादी, कांग्रेसका नेताहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम…