काठमाण्डु – नेपाल प्रहरीका तीन जना एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुध्दको मुद्दामा आज सुनुवाई हुँदैछ । डिआइजीत्रय ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले गत चैत १७ गते दायर गरेको रिटको सुनुवाइका लागि न्यायधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलास पेसी तोकिएको छ । यसअघि गत चैत्र २० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा…