काठमाण्डु – सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । सर्वाेच्चले बुधबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाइने जानकारी दिएको हो । खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन सूचनामा भनिएको…