काठमाण्डु - राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन सोमबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीसँग छलफल गरेको छ । काठमाण्डुस्थित राहदानी विभागमा आयोजना गरिएको कार्यक्रममा काठमाण्डु , ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, राहदानी विभागका महानिर्देशक, निर्देशक तथा प्राविधिक कर्मचारीहरु र सम्बन्धित जिल्लाका राहदानी शाखाका कर्मचारीहरुको उपस्थिती रहेको…