थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

काठमाण्डु - पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १७९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८१६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै १८७ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४८५६ पुगेको छ…