गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले गरिन् सूर्य र छठी माताको पूजा आराधना

काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाताको पूजा गरेकी छन् । गुह्येश्वरीमा तयार पारिएको छठी घाटमा पुगेर उनले छठी माताको पूजाआजामा सहभागी भएकी हुन् । गुह्येश्वरीमा छठीमाताको दर्शन गरेकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य पनि दिएकी छन् । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र…