एनआरएनए निर्वाचन : नेतृत्वका लागि थापा र केसी प्रतिस्पर्धामा

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने भएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र उम्मेद्वारी कायम भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । उम्मेद्वारी दर्ताका लागि दिइएको समय ७–११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि ६१ जनाभन्दा…