बुधबार ८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६१७२ जनामा परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने २१३ जना कोभिडमुक्त भएका छन्…