युएईमा एक वर्षमा १७४ नेपालीको मृत्यु

काठमाण्डु - वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो । मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ…