भक्तपुर - क्लिनिक वान सूर्यविनायक भक्तपुरको प्राङ्गणमा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा भक्तपुर जिल्लाका ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भक्तपुरमा बढिरहेको वायु प्रदूषण र त्यसबाट ट्राफिक प्रहरीलाई परिरहेको असरलाई मध्यनजर गर्दै परीक्षण सेवा सञ्चालन गरिएको हो । यस अवसरमा वरिष्ठ पुल्मनोलोजिस्ट डा. राजेश किशोर यादव, कान, नाक तथा घाटी विशेषज्ञ डा. रूपक…