काठमाण्डु - दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका -१२ गुरौँ गाउँमा मंगलबार राति चट्याङ लागेर १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो । साथै अन्य १० जनाभन्दा बढी घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।…