आईजीपी कार्कीद्वारा इप्रका बुटवलको नवनिर्मित भवन उद्घाटन

रूपन्देही – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावलाई प्रशंसापत्र प्रदान गरे । कार्यक्रममा आईजीपी कार्कीले स्रोतसाधनको सीमितताको बाबजुद नागरिकहरूप्रतिको जिम्मेवारीको भावना,…