शुक्रबारदेखि प्रधानन्यायाधीश जबरामाथि अध्ययन हुने

काठमाण्डु- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । काठमाण्डु उपत्यका बाहिर रहेका समिति सदस्यहरू फर्किइसकेकाले जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्यन शुरु हुने भएको हो । जबराविरुद्धको महाभियोगमाथि अध्यन गर्न शुक्रबार बैठक बस्ने समिति सचिवालयले जनाएको छ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोपसहित कांग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल,…