हरिद्वारमा शाही स्नान गर्दै पूर्वराजा ज्ञानेन्द्र

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले आज भारतको हरिद्वारमा शाही स्नान गर्दैछन् । प्रत्येक १२ वर्षमा लाग्ने महाकुम्भ मेलाका अवसरमा उनलाई आयोजकहरुले विशेष आमन्त्रण गरेका थिए । पूर्वराजालाई महाराजाको मानसहित रथबाट जुलुससहित सम्मानपूर्वक शाही स्नान गराइँदैछ । कुम्भ मेलाका क्रममा शाही स्नान गर्दा अमरत्व प्राप्त हुन्छ । त्यहाँ उनको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको बताएको छ…