काठमाण्डु – पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाण्डु महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप…