हिमपात कारण ताप्लेजुङकाे जनजीवन कष्टकर

ताप्लेजुङ- ताप्लेजुङमा पछिल्लो केही दिनयता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिदो मौसमका कारण जिल्लाको उच्च भेगमा  निरन्तर हिमपात हुँदै आएको छ। निरन्तरको हिमपातले उच्च क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । हिमपात र मौसम नखुल्दा बालबालिका तथा वृद्धवृद्धा प्रभावित भइरहेकाे स्थानीयकाे दुखेसाे छ । शुक्रबार बिहानैदेखि पनि उच्च भेगमा…