काठमाण्डु- डा. प्रकाश क्षेत्रीलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवसको अवसरमा प्रदान गर्ने उक्त पुरस्कार डा क्षेत्रीलाई प्रदान गरिएको हो। स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. क्षेत्री उत्कृष्ट कार्यसम्पादन गरेवापत् १ लाख रूपैयाँ राशिको उक्त पुरस्कारबाट सम्मानित…