काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले नेपाली दिदीबहिनी र दाजुभाइहरूले लोकतान्त्रिक अधिकारको उत्साहजनक प्रयोग गरेको देख्दा निकै खुसी लागेको बताए । नेपालको निकटतम छिमेकी र मित्रराष्ट्रको नाताले भारत…