काठमाण्डु – जेनजी आन्दोलनको बलमा नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजीले बालुवाटारको प्रधानमन्त्रीनिवास बाहिर पर्चा टाँसेका छन् । जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ अभियानले प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँस्दै प्रधानमन्त्री कार्कीको राजीनामा मागेको छ । जेनजी आन्दोलनका मागप्रति बेवास्ता गरेको र केवल चुनावमै मात्र जोड दिएको आरोप लगाउँदै राजीनामा मागिएको छ ।…