निर्वाचन आउन ४२ दिन बाँकी : आज उम्मेदवारको नामावली प्रकाशन, निर्वाचन चिह्न भोलि दिइने

काठमाण्डु - प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ४२ दिन बाँकी रहँदा निर्वाचन प्रक्रिया जारी छ । निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारी दिएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिनेछ। निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने म्यादपछि नामावलीको तयारीमा आयोग जुटेको छ । निर्वाचन आयोगका…