काठमाण्डु– नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्। सभापति गगन थापा नेतृत्वको नयाँ कार्यसमिति कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन्। नयाँ कार्यसमितिले भोलि केन्द्रीय कार्यालय सानेपा पुगेर पदभार ग्रहण र केन्द्रीय समिति बैठक गर्ने कार्यक्रम छ। पौडेलले राजीनामा दिएपछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्नेबारे सूचना निकालेका थिए।…