चन्द्रपुर दुर्घटनापछि मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन

रौतहट – रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् । उनीहरूले शनिबार पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । सो सडकखण्ड भएर गुड्ने लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका थिए । राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीहरूलाई…