परशुराममा डिभिजन वन कार्यालयकै मिलेमतोमा काठ लुकाइयो

काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा रहेको भुवनेश्वर नमुना माविको हाताभित्र कटान गरिएको रूखको काठ लुकाइएको छ । गत ३ माघमा डिभिजन वन कार्यालय डडेल्धुराको अनुमतिविना काटिएको रूख वनकै मिलेमतोमा लुकाइएको हो। भवन र मैदान बनाउने निहुँमा व्यक्तिगत स्वार्थको लागि कटान गरिएका सिसम, हल्दु, साल र खयरका सयौ रूख कटान गरी लुकाइएको स्थानीयको भनाइ छ ।…