नेपाल वायुसेवाका जिएम र डाइरेक्टरलाई बर्खास्त गर्न कर्मचारीको माग

काठमाण्डु – नेपाल वायुसेवा निगमका तीन वटा कर्मचारी युनियनले महाप्रबन्धक डिमप्रसाद पौडेलसहित सञ्चालकहरु फुर्वा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेललाई तत्काल बर्खास्तीको माग गरेका छन् । उनीहरुले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुको तत्काल बर्खास्तीको माग गरेका हुन् । पौडेल, शेर्पा र ईश्वरीले निगमको व्यावसायिक स्वार्थ बाझिने गरी काम गर्दै…