काठमाण्डु – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडीभाडा बढाउन माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार यातायातमन्त्री नेम्बाङलाई भेटेर ज्ञापन पत्र बुझाउँदै महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिएको छ । महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद…