काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज देशभर ८३१ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।…