काठमाण्डु- पाँच दलीय गठबन्धनबीच तालमेलकाे क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेकाे छ । असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनाेजकुमार साहले पदबाट राजीनामा दिएका छन् । उनले उपमहानगरपालिकाकाे प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घाेषणा पनि गरे । उनले भने , `पार्टीले गठबन्धनका दलहरूबीच तालमेलकाे नाममा भागबण्डा गर्दा जसपालाई मेयर…