काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा…