एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गर्ने

काठमाण्डु - नेकपा एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गरी आगामी दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी पुर्याउने जनाएको छ । एमालले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ । ‘प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत सफा, सुन्दर र…