काँग्रेस संसदीय दलको बैठक बानेश्वरमा सुरु

काठमाण्डु - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।  दिउँसो एक बजेलाई बोलाएको बैठक २ बजेपछि मात्र सुरु भएकाे हो ।आइतबारदेखि बस्ने प्रतिनिधिसभा बैठकबारे रणनीति बनाउन बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा जारी छ । बिहीबार साँझ बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसदीय दललाई सत्ता गठबन्धन तथा सरकार निर्माणबारे नीति बनाउने जिम्मेवारी…