काठमाण्डु – काठमाण्डु बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ विचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । चाडबाडमा हुने ठगीलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा परिचालित टोलीले उपत्यकाको विभिन्न क्षेत्रमा गरेको जाँच अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुलाई परेका…