काठमाण्डु – संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ । संघीय संसद् सचिवालयअन्तर्गत सांसद सुविधा शाखाले सूचना जारी गर्दै सम्बन्धित सदस्यहरूलाई कानुनी व्यवस्थाअनुसार विवरण बुझाउन स्मरण गराएको छ । प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ ले सार्वजनिक पद धारण गर्ने…