काठमाण्डु – गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । गृहले विद्यार्थीलाई विदेश पठाउंदा प्रचलित कानुन विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । पछिल्लो समय विद्यार्थीलाई विदेश पठाएर अलपत्र पार्ने उजुरी र गुनासोहरु बढिरहेको…