काठमाण्डु – सरकारले माघ ३० सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको…