वीरगञ्जको प्रमुखमा राजेशमान र उपप्रमुखमा आलम विजयी

काठमाण्डु – वीरगञ्ज महानगरपालिको प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी बनेका हुन्। सिंहका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई…