हेटौंडा - स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मकवानपुर जिल्लाको तीन वटा गाउँपालिकाको नेतृत्वमा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । मकवानपुरको बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकामा पुरानै नेतृत्व दोहोरिएका हुन् । बागमतीमा माओवादीका सर्केश घलान, भीमफेदीमा एमालेका हिदम लामा र राक्सिराङमा कांग्रेसका राजकुमार मल्लले दोस्रो कार्यकालको लागि नेतृत्व गर्ने अवसर पाएका हुन् । बागमतीका घलानले एमालेका खेमराज…