काठमाण्डु – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले अन्नपूर्ण, मनास्लुलगायतका संरक्षण क्षेत्रको व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कार्ययोजना एक महिनाभित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले तीनै तहका सरकारबीच सहयोग र सहकार्यका माध्यमबाट जैविक विविधता संरक्षण, सामुदायिक विकास तथा विशेषज्ञ सेवा पुर्याइआएका संस्थाको भूमिका प्रष्ट हुनेगरी कार्ययोजना बनाउन निर्देशन दिएको…