काठमाण्डु – न्याय परिषदले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नको लागि सिफारिस गरेको छ । कामु प्रधान न्यायाधीश दिपक कुमार कार्कीले बिहीबार न्यायपिरषदको बैठक राखेर श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारीस गरेका हुन् । संविधानको धारा १२९ को उपधारा २ मा सर्वोच्च अदालतको न्यायाधीश न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले…