नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाण्डु – सत्तारुढ दलहरुको गठबन्धनले संसद्मा विचाराधीन नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा लैजाने निर्णय गरेको हो । ‘विकसित घटनाक्रमको बारेमा छलफल भयो । मूलरुपमा प्रधानमन्त्रीले नागरिकता विधेयक अघि बढाउन प्रस्ताव गर्नुभएको थियो,’ सञ्चारमन्त्री…