काठमाण्डु – तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखिने भएको छ । अनुसन्धान नसकिएकाले जिल्ला अदालत तनहुँले नायक पललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार प्रहरीलाई अनुमति दिएको हो । कुनै पनि अभियोगमा थुनामा रहेका व्यक्तिमाथि कम्तीमा २५ दिनभित्र र बढी ३५ दिनभित्र अदालतमा अभियोगपत्र दर्ता हुनुपर्ने कानुनी…