काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ महामारीका कारण कक्षा १२ को परीक्षा दिन छुट भएका परीक्षार्थीहरुको परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डले जनाएको छ ।