काठमाण्डु - निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाण्डु केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी साउन १७ गतेदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान भर्न लागेको हो । शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछ । केही समयपछि यात्रुको मागअनुसार…