काठमाण्डु – आज शनिबार देशभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाण्डु उपत्यकामा शनिबारको न्यूनतम तापक्रम २ डिग्री रहेको छ । शुक्रबारको तुनलनामा शनिबार आज ०.४ डिग्री तापक्रम बढेको हो । शुक्रबार यो वर्षकै सबैभन्दा कम १.६ डिग्री रहेको थियो…