काठमाण्डु – अर्थ मन्त्रालयले बजेट पास गराएर मात्र खर्च गर्न स्थानिय तहहरुलाई सचेत गराएको छ । स्थानिय तहले असार १० गतेसम्म गाउँ/नगर सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । मन्त्रालयले सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य कार्यक्रम समावेश गरेर बजेट स्वीकृत गर्ने र खर्च गर्नुपर्ने कानुनी व्यवस्थालाई पालना गर्न सम्बन्धीत स्थानिय तहहरुको ध्यानाकर्षण गराएको हो…