नेशनल मेडिकल कलेजको बदमासीः रामजीसहित चार जना विद्यार्थीले फारम भर्न पाएनन्

काठमाण्डु – वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले ४ जना विद्यार्थीहरुलाई परीक्षा दिनबाट वञ्चित गरेको छ । एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत रामजी राम र पंकज राम, चौथो वर्षमा अध्ययनरत रूकेशकुमार राम र प्रमोदकुमार रामलाई नेशनल मेडिकल कलेजले परीक्षा फारम भर्न नदिएको हो । चिकित्सा शिक्षा आयोगको नियम विपरीत रामजीसँग कलेजले होस्टल खर्च, परीक्षा शुल्क र रजिष्ट्रेशन शुल्क…