बेपत्ता बालककाे पाँच दिनपछि छिमेकीको सेफ्टी ट्यांकीमा शव फेला

सर्लाही- छिमेकीले हत्या गरेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरियाका दिपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेफ्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको हो । गत २० चैत आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश…