पोखरीमा डुबेर बारामा दुई जनाको मृत्यु

बारा - बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका जिल्लाकाे कलैया उपमहानगरपालिकाका एक बालककाे डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए। घरबाट करिब ४/५ जना साथीहरुसँग पोखरीतर्फ निस्केकाे आधा…