काठमाण्डु – काठमाण्डु उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । पत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको सोमबार बसेको बैठकले जोर बिजोर प्रणालीमा सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेसँगै उपत्यकामा आज बिहानैदेखि २५ सिटमाथिका बस सञ्चालनमा आएको हो । दुई महिनाको निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आएको यातायातमा २५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि…